सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

थप ५३ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित समय: आइतवार, ०७ : ४० बजे असार १९ गते



थप ५३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा आइतबार थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

देशभर गरिएको १ हजार १ सय ६२ पिसिआर परिक्षणका क्रममा ३९ जना र ९ सय ५८ एन्टीजेन परिक्षणका क्रममा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण आइतबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप २० संक्रमित निको हुदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ५ सय १६ जना निको भएका छन् । हाल नेपालमा ३ सय ३३ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।