सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

थप ४० जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित समय: सोमवार, ०५ : २८ बजे असार २० गते



थप ४० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

 

देशभर गरिएको १ हजार ८ सय ४७ पिसिआर परिक्षणका क्रममा ३४ जना र १ हजार १ सय ६३ एन्टीजेन परिक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सोमबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । त्यस्तै थप १९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ५ सय ३५ जना निको भएका छन् । 

 

हाल नेपालमा ३ सय ४८ सक्रिय संक्रमित आइशोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।