सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

प्रेमको अन्तराल देखाउने ‘प्रेमगन्ज’को ‘समय’ सार्वजनिक

प्रकाशित समय: शनिवार, ०५ : ३२ बजे असार २५ गते



प्रेमको अन्तराल देखाउने ‘प्रेमगन्ज’को ‘समय’ सार्वजनिक

काठमाडौं, २५ असार।परिच्छेद सेनको डेब्यू निर्देशन रहेको फिल्म ‘प्रेमगन्ज’को तेस्रो गीत ‘समय’ रिलिज भएको छ। गीतमा फिल्मका मुख्य कलाकार बेनिशा हमाल, तेज गिरी, राइडर प्रशन र सुप्रिया खनाल फिचर्ड छन् ।

 

स्याड सैलीको गीत तेज गिरीको दृष्टिकोणबाट प्रस्तुत भएको छ । गीतले एउटा कालखण्डमा नजिक रहेका उनीहरू अर्को कालखण्डमा भेट हुँदाको परिस्थितिलाई प्रस्तुत गरेको छ ।निर्देशक परिच्छेद सेनका अनुसार फिल्ममा दुई कालखण्डको प्रेमकथा देख्न सकिन्छ। तेज र बेनिशाले युवा उमेरका मैनाराजाको भूमिकामा अभिनय गरेका छन भने प्रशन र सुप्रियाले टिनएजर मैनाराजाको भूमिका निर्वाह गरेका छन् ।

 

पुरुषोत्तम ढुंगेलको शब्द तथा संगीत रहेको गीतलाई किरण भुसालले आवाज दिएका छन् । गीतको कोरियोग्राफी निर्देशक परिच्छेद स्वयंले गरेका हुन् ।अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मको लेखक पनि परिच्छेद सेन नै हुन । फिल्मको ट्रेलर साउन १० गते रिलिज हुँदैछ भने फिल्म भदौ ३ गते नेपाललगायत भारतका केही सहरमा एकसाथ प्रदर्शन हुँदैछ ।