सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

गोदावरी नगरपालिकाले समयमै बुझायो सम्पत्ति विवरण

प्रकाशित समय: आइतवार, ०८ : ५३ बजे आश्विन २१ गते



गोदावरी नगरपालिकाले समयमै बुझायो सम्पत्ति विवरण

ललितपुर, गोदावरी नगरपालिकाका जननिर्बाचित पदाधिकारी तथा नगरपालिकामा कार्यरत स्थायी तथा अस्थायी करार का कर्मचारीले आ.व. ०७४/७५ को सम्पत्ति विवरण बुझाएका छन्।

 

नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १५० जनाले सम्पत्ति विवरण बुझाएका हुन्। नगरपालिकाले प्रदेश नम्बर ३ को मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय हेटौंडामा सम्पत्ति विवरण बुझाएको हो।

 

नेपाल सरकारद्वारा राजपत्रमा प्रकाशित खण्ड ६८ असार २० २०७५ अतिरिक्ताङ्क -११ भाग-५ को सूचनाअनुसार जिल्ला समन्वय समिति, गाउँपालिका, नगरपालिका र प्रदेश सरकारको मन्त्रालयमा पेश भएका सम्पत्ति विवरणहरुको अभिलेख तत् तत् निकायले राखी सम्पत्ति विवरण बन्दी कामहरु तीस दिनभित्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गरिसक्नुपर्ने व्यवस्था छ।

 

सोही व्यवस्थाअनुसार नगरपालिकाले २०७५/०६/१८ मा दर्ता नम्बर ४९ मा दर्ता गरी सम्पत्ति विवरण बुझाएको राजस्व शाखाका प्रमुख श्रीराम आचार्यले जानकारी गराए।