काठमाडौं, २७ असार।आईसीसी पुरुष विश्वकप लिग २ अन्तर्गत पहिलो खेलमा नामिबियाले नेपाललाई जितका लागि २२१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
स्कटल्याण्डमा जारी त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४७ ओभर ३ बलमा सबै विकेट गुमाउँदै २२० रन बनायो ।नामिबियाका जान निकोल लोफ्टीले सर्वाधिक ६० रन बनाए । यस्तै, डिभान ला ककले ४१, गेर्हार्ड एरास्मुसले २२ रन, क्रेग विलियम्सले २१ जोडे ।
नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । उनले ५४ रन खर्चिए । यस्तै, सोमपाल कामीले २, करण केसी, बसिर अहमद र दीपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ