सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

एकै दिन २६० जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित समय: बिहिवार, ०४ : ५० बजे असार ३० गते



एकै दिन २६० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ३० असार।नेपालमा थप २ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

देशभर गरिएको २ हजार २७ पिसिआर परिक्षणका क्रममा २ सय १४ जना र १ हजार ८ सय १७ एन्टीजेन परिक्षणका क्रममा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ४८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ८ सय ५८ जना निको भएका छन् ।

 

हाल नेपालमा १ हजार १ सय ७१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।