सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

आईसीसी विश्वकप लिग टूः आज नेपाल र नामिबियाबीच खेल हुँदै 

प्रकाशित समय: शनिवार, ०९ : ३२ बजे असार ३२ गते



आईसीसी विश्वकप लिग टूः आज नेपाल र नामिबियाबीच खेल हुँदै 

स्कटल्याण्ड । आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिज अन्तर्गत आज नेपालले आफ्नो तेस्रो खेल खेल्न लागेको छ । स्कटल्याण्डमा रहेको नेपालले सिरिजको तेस्रो खेलमा आज नामिबियाविरुद्ध खेल्ने भएको छ । 

नेपाल र नामिबियाबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः १५ मा सुरु हुनेछ । नेपाल आज नामिबियालाई हराउँदै सिरिजमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । तर, नामिबियालाई हराउँन नेपाललाई सहज भने छैन ।

सिरिजको दोस्रो खेलमा भने नेपालले स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो । नेपाल लिग टू को अङ्क तालिकाको पाँचौं स्थानमा रहेको छ ।  नेपालले १८ खेलमा १७ अङ्क जोडेको छ । नामिबिया १७ खेलमा १६ अङ्क जोडेर छैटौं स्थानमा रहेको छ ।