काठमाडौ, ३२ असार।आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणत्मक शृंखलाको तेस्रो खेलमा अहिले नेपाल र नामिबिया भिड्दै छन् । खेलमा टस जितेर नामिबियाले सुरुवाती ब्याटिङ गरिरहेको छ । योसँगै सन्दीप लामिछाने कप्तानीको नेपालले सुरुवाती बलिङ गर्नेछ ।
नामिबियाको सामना गर्दा नेपाल जितसहित पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ । शृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो ।नामिबियाले प्रस्तुत गरेको दुई सय २१ रनको लक्ष्य पछ्याएको नेपाल एक सय ८० रनमा आलआउट भएको थियो । नामिबियाविरुद्ध नेपालको त्यो पहिलो हार थियो ।
दोस्रो खेलमा भने नेपालले बलियो मानेको स्कल्यान्डमाथि पाँच विकेटको जित निकालेको थियो । त्यसैले दोस्रो खेलमा निकोलको जितपछि नेपाल नामिबियाविरुद्ध उच्च मनोबलका साथ मैदान उत्रनेछ ।
तालिकामा १८ खेल खेलेर १७ अंक जोडेको नेपाल पाँचौं स्थानमा छ । नेपालले लिग २ मा अझै १८ खेल्न बाँकी छ । यसक्रममा नेपालले ८ खेलमा जित निकाल्दा एक खेल ‘टाइ’ र ९ खेलमा पराजय बेहोरेको थियो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ