सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

थप २ सय ५ जनामा कोरोना संक्रमित पुष्टि

प्रकाशित समय: शनिवार, ०४ : ४० बजे असार ३२ गते



थप २ सय ५ जनामा कोरोना संक्रमित पुष्टि

नेपालमा थप २ सय ५ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । 

देशभर गरिएको १ हजार १ सय ९९ पिसिआर परिक्षणका क्रममा १ सय ५२ जना र १ हजार ८ सय ९१ एन्टीजेन परिक्षणका क्रममा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै थप ५१ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ९ सय ५७ जना निको भएका छन् । 

हाल नेपालमा १ हजार ३ सय ७५ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।