काठमाडौं, १ साउन।आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले आज अन्तिम खेल खेल्दैछ ।
सिरिजको अन्तिम खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डविरुद्ध खेल्न लागेको हो । स्कटल्याण्ड र नेपालबीचको खेल दिउँसो ३ : ४५ मा सुरु हुनेछ । घरेलु टोलीविरुद्ध नेपाल जित निकाल्दै सिरिजको सुखद अन्त्य गर्न चाहन्छ । यस्तै नेपाल स्कटल्याण्डविरुद्ध लगातार दोस्रो भेटमा जित निकाल्न चाहन्छ । यस अघिको भेटमा नेपालले स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो । सिरिज अन्तर्गत नै नेपालले नामिबियासँग भने दुबै खेलमा हार व्यहोरेको छ । पहिलो खेलमा नेपाल नामिबियासँग ४० र सिरिजको तेस्रो खेलमा ६३ रनले पराजित भएको हो ।
नेपालसँग पराजित स्कटल्याण्डले भने नामिबियालाई दुबै खेलमा हराएको छ । नेपाल लिग टू अन्तगर्त १९ खेलमा १७ अङ्क जोडेर छैटौं स्थानमा रहेको छ । स्कटल्याण्ड २३ खेलमा ३२ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ