काठमाडौं, २ साउन।साफ यू-२० पुरुष च्याम्पियनसिप फुटबल खेल्ने नेपाली टिम घोषणा भएको छ । मुख्य प्रशिक्षक मेघराज केसीले भारतमा आयोजना हुने साफका लागि २३ सदस्यीय टिम घोषणा गरेका हुन् ।
जुन टिममा नेपाली राष्ट्रिय टिमबाट खेलिसकेका आयुष घलानसमेत छन् । यस्तै, डेनमार्कबाट नेपाल खेल्न आइपुगेका सुगम सुवालले समेत स्थान बनाएका छन् । मुख्य प्रशिक्षक केसीले केही दिनमै कप्तानको समेत घोषणा हुने जानकारी गराए । ‘अहिले हामीले कप्तान घोषणा गरेका छैनौं । केही दिनपछि तय गर्नेछौं,’ न्युज कारखानासँग केसीले भने ।
साफमा नेपालसहित आयोजक भारत, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता छ । नेपालले पहिलो खेलमा माल्दिभ्सको सामना गर्नेछ । प्रतियोगिताको शीर्ष दुई टिमले सिधै उपाधिका लागि प्रसिस्पर्धा गर्नेछन् ।
नेपाली टोली :
गोलकिपर : ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ शेख
डिफेन्डर : अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा
मिडफिल्डर : दिपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छिन्जु, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान
फरवार्ड : दिपेश राई, निरञ्जन मल्ल, रोहन खड्गी
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ