सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

थप ३ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित समय: बुधवार, ०५ : १३ बजे श्रावण ४ गते



थप ३ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं ।नेपालमा थप ३ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

देशभर गरिएको २ हजार ५ सय ६२ पिसिआर परिक्षणका क्रममा ३ सय ४० जना र १ हजार ४ सय १९ एन्टीजेन परिक्षणका क्रममा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण बुधबार कसैको पनि मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको छ र त्यस्तै थप ४६ संक्रमित निको भएका छन् ।

 

हाल नेपालमा २ हजार २ सय ७६ सक्रिय संक्रमित आइशालेशनमा रहेका छन् ।