काठमाडौ, ५ साउन।पंकजबिक्रम नेम्बाङ अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा निर्वाचित भएपछी दोस्रो पटक आज (बिहिवार) कार्यसमिति बैठक सुरु भएको छ ।
सातदोबाटो स्थित एन्फा मुख्यालयमा बिहान सात बजेलाई बैठक बोलाएपनी ढिला गरि ८:३० मा मात्रै सुरु भएको थियो । गत सोमबार बैठक बोलाइएपनी अन्तिम समयमा अध्यक्ष नेम्बाङ अस्वस्थ भएपछी बैठक स्थगित भएको थियो ।
बैठकमा विविधसहित १२ बुदामा एजेन्डा राखिएको छ । जसमा बिबादिद नेपाल सुपर लिग (एनएसएल) देखि विभिन्न पदाधिकारी नियुक्ति, नेपालमा हुने महिला साफ च्याम्पियनसिप मुख्य एजेन्डा रहेको छ ।पछिलो समय पदाधिकारी नियुक्तिमा भने निकै पेचिलो बनेको छ । कर्मा छिरिङ शेर्पालाई पराजित गर्दै एन्फा हाक्न आएका पंकज आज निकै दवावमा पर्न सक्छन् ।
तीन समूहलाई समेट्दै गर्ने नियुक्ति नै कठिन रहेको छ । सिइओ, प्रवक्ता, उपमहासचिब, तीन सहमहासचिब, मानार्थ अध्यक्ष सहित विभिन्न पदमा आज नियुक्ति हुदैछ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ