काठमाडौं। नेपालमा थप ३ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको २ हजार ३ सय ६० पिसिआर परिक्षणका क्रममा ३ सय ३ जना र १ हजार ५ सय २८ एन्टीजेन परिक्षणका क्रममा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९ सय ५६ जनाले ज्यान गुमाएका छन् । त्यस्तै थप ९५ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६८ हजार ४ सय ८९ जना संक्रमणमुक्त भएका छन् ।
हाल नेपालमा ३ हजार १ सय ७७ सक्रिय संक्रमित आइशालेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ