काठमाडौं, ८ साउन।यु– २० साफ च्याम्पियनसिप प्रतियोगितामा नेपालले शानदार शुरुवात गरेको छ ।
भारतको भुवनेश्वर स्थित कालिङ्गा रंगशालामा सोमबार उद्घाटन खेलमा माल्दिभ्सविरूद्ध नेपाल ४–० ले विजयी भयो । जितसँगै नेपालले खातामा महत्वपूर्ण तीन अंक जोडेको छ ।माल्दिभ्सविरुद्ध बल पोजिसन र फिनिसिङमा उत्कृष्ट देखिएको नेपालले पहिलो हाफमा एक गोल र दोस्रो हाफमा तीन गोल गर्याे ।
नेपालको जितमा दिपेश गुरुङ, सुगम सुवाल, कृतिश रत्न छुन्जु र मनग्य नकर्मीले एक एक गोल गरे ।खेलको ४२औं मिनेटमा दीपेश गुरुङको गोलबाट नेपालले अग्रता लियो । आयुष घलानले हानेको डाइरेक्ट फ्रीकिकलाई माल्दिभ्सका गोलकिपर शाइहान अलीले पन्च गरे । सोहि रिबाउन्ड बललाई दीपेशले करिव २५ यार्डबाट गोलमा परिणत गरे ।
दोस्रो हाफमा मेघराज केसीको नेपाल थप माल्दिभ्सविरुद्ध हावी भयो । ५८औं मिनेटमा सुगम सुवालले काउन्टर अट्याकमा गोल गरे । डेनमार्कबाट टिममा स्थान बनाउन नेपाल आएका सुगमले वान भर्सेस वानमा दोस्रो बार च्यापेर गोल गरे । जुन बललाई माल्दिभ्सका गोलरक्षकले ढम्याउन सकेनन् ।
६१औं मिनेटमा नेपालले तेस्रो गोल गर्याे । कप्तान आयुष घलानलाई माल्दिभ्सका हुसैन शाभिनले फाउल गरेपछि नेपालले पेनाल्टी अवसर पायो । कृतिशरत्न छुन्जुले उत्कृष्ट गोल गर्दै नेपाललाई ३–० को अग्रता बनायो ।खेलको इन्जुरी समय वैकल्पिक खेलाडी मनग्यले गोल गर्दै नेपाललाई सहज ४–० को जित दिलाए ।अधिकांस समय बल नियन्त्रणमा राखेको नेपालले गोलका केहि राम्रा अवसर गुमाएको थियो ।आयुष, सुगम र दिपेशले पाएका केहि अवसर सदुपयोग गर्न सकेनन् । यस्तै, माल्दिभ्सका केहि राम्रो प्रहार गोलरक्षक इश्वर गुरुङले विफल पारेका थिए ।
यस अघि यु १८ र यु १९ समूहमा भएको प्रतियोगितामा नेपाल दुई पटक च्याम्पियन भएको छ । यस्तै, भारतले एक पटक जितेको छ ।प्रतियोगितामा नेपालले दोस्रो खेल श्रीलंकासँग बुधबार खेल्नेछ । यस्तै, भारत र बंगलादेशसँग क्रमशः खेल्ने कार्यक्रम रहेको छ ।
लिग तालिकाको शीर्ष स्थानमा रहने टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ