काठमाडाै।साफ २० वर्ष मुनिको च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज तेस्रो खेलमा साविक विजेता भारतसँग खेल्न लागेको छ ।
भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा नेपालले बलियो घरेलु टोली भारतसँग साँझ ७ : १५ मा सुरु हुनेछ । भारतविरुद्ध मैदान उत्रदा नेपाल लगातार तेस्रो जितको खोजीमा हुनेछ । तर, बलियो भारतविरुद्ध नेपाललाई जित निकाल्न सहज भने छैन । पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरले हराएको थियो भने दोस्रो खेलमा नेपालले श्रीलङ्कालाई ३–० गोल अन्तरले हराएको थियो । नेपाल २ खेलमा ६ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । आज भारतलाई हराएमा नेपाल शीर्ष स्थानमा उक्लनेछ । भारत पनि नेपाललाई हराएर दोस्रो जित निकाल्न चाहन्छ । भारत २ खेलमा ३ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ ।
फाइनलमा स्थान बनाउन भारतलाई नेपालविरुद्धको खेल जित्नुपर्ने दबाब रहेको छ । ५ राष्ट्र सहभागी च्याम्पियनसिपको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । नेपालले आफ्नो अन्तिम खेलमा बङ्गलादेशसँग मङ्गलवार प्रतिस्पर्धा गर्नेछ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ