सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

चौथो संस्करणको सगरमाथा म्युजिक अवार्डकाे आवेदन खुल्याे

प्रकाशित समय: बुधवार, ०२ : ५५ बजे श्रावण १८ गते



चौथो संस्करणको सगरमाथा म्युजिक अवार्डकाे आवेदन खुल्याे

काठमाडौं, १८ साउन।चौथो साहारा एप सगरमाथा म्युजिक अवार्ड ०७९ हुने भएको छ । ज्योति विकास बैंकको प्रस्तुति रहेको अवार्डको चौथो संस्करणको लागि आवेदन खुला भएको आयोजक संस्थाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । 

 

अर्थ नेपाल प्रालिको आयोजनामा हुने अवार्डको टाइटल स्पोन्सर राइड सेयरिङ एप साहारा एपले गरेको छ भने ज्योति विकास बैंक प्रस्तुतकर्ताको रुपमा छ । म्युजिक अवार्डमा ०७८ सालभरीमा बजारमा आएका गीत संगीतले सहभागीता जनाउन सक्ने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले जानकारी दिए । जुरी र भोटको आधारमा अवार्ड निर्णय हुने अवार्ड संयोजक मनोज थापाले जानकारी दिए ।

 

अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक, लोक दोहोरी र पप विधाका कलाकर्मीहरूले सहभागी हुन सक्ने कार्यक्रम निर्देशक कुशल खत्रीले जानकारी दिए । साहारा एप चौथो सगरमाथा म्युजिक अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएका एक जना विशिष्ट व्यक्तिलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिनेछ ।