सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

थप ७६० जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

प्रकाशित समय: बिहिवार, ०४ : ४० बजे श्रावण १९ गते



थप ७६० जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

काठमाडौं, १९ साउन।नेपालमा थप ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

देशभर गरिएको २ हजार ५ सय ८९ पिसिआर परिक्षणका क्रममा ४ सय ९४ जना र ३ हजार ३ सय ३७ एन्टीजेन परिक्षणका क्रममा २ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९ सय ६९ जनाको मृत्यु भएको छ । त्यस्तै थप ३ सय २४ जना संक्रमित निको हुँदा अहिलेसम्म ९ लाख ७१ हजार २ सय ५० संक्रमित निको भएका छन् ।

 

हाल नेपालमा ५ हजार ६ सय २ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।