नवलपरासी, एक सिङ्गे गैँडाको संरक्षण गर्न सचेतना जगाउनका लागि पूर्वी नवलपरासीमा कात्तिक १५ देखि २९ गतेसम्म राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता २०७५ हुने भएको छ ।
पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–२, कोल्हुवामा हुने प्रतियोगितामा नवलपरासी, चितवन, रुपन्देही, कास्की, काडमाडाँ, पाल्पा, मकवानपुरसहित ए डिभिजनका र विभागीय टिमसहित १२ टिमको सहभागिता रहने छ ।
हरेक वर्ष एक सिङ्गे गँडा संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्ज, नन्दभाउजू मध्यवर्ती उपभोक्ता समितिद्वारा आयोजनामा हुने सो प्रतियोगिता विगत १५ वर्षदेखि प्रत्येक वर्ष सञ्चालन हुँदै आएको आयोजक नन्दभाउजू मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दोमनबहादुर भण्डारीले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम हुनेले रु चार लाख ९९ हजार ५५५ का साथ आन्तरिक पर्यटन विकास गर्न होमस्टे भ्रमणका लागि रु ५१ हजार र द्धितीय हुनेले रु दुई लाख ५० हजार ५५५ पुरस्कार राशि पाउने छन् ।
यसैगरी उत्कृष्ट खेलाडीलाई रु पाँच हजार, प्रतियोगिता भरको उत्कृष्ट खेलाडीलाई रु १० हजार, सर्वाधिक गोलकर्तालाई रु १० हजारसहित प्रमाणपत्र शिल्ड प्रदान गरिने छ भने टिम एलायन्सबापत प्रतिखेल रु तीन हजारका दरले उपलब्ध गराइने छ ।
गैँडा संरक्षणका साथै वन, वन्यजन्तु संरक्षणमा युवाको सहभागिता बढाउने, खेलकूद र पर्यापर्यटनको समिश्रण गरी आन्तरिक तथा बाह्य पर्यटक वृद्धि गर्नेलगायतका उद्देश्य राखेर प्रतियोगिता आयोजना गरिन लागिएको हो ।
पोखरीमा गोही भेटियो पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–५ खजुराको स्थानीय पोखरीमा आइतबार गोही देखापरेको छ । बर्दघाट नगरपालिका–५ खजुरा बस्दै आएका विजय भट्टराईको पोखरीमा गोही देखा परेको हो ।
उक्त गोहीलाई आज सम्बन्धित निकायको उपस्थितिमा पोखरीबाट निकालिने र डिभिजन वन कार्यालयलाई हस्तान्तरण गर्ने योजना रहेको स्थानीय गोपाल पाण्डेले जानकारी दिनुभयो ।
पश्चिम नवलपरासीमा पछिल्लो पटक विभिन्न नदीनाला तालतलाब क्षेत्रमा गोही फेला पर्ने क्रम बढ्दै गएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ