ललितपुर,ललितपुरको चापागाउँमा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। गोदावरी नगरपालिका ११ चापागाउँस्थित भन्सार डबलीमा अन द रक्स ग्रुप र लायन्स क्लव अफ काठमाडौं जावलाखेल द्वारा संयुक्त रुपमा आयोजना गरिएको रक्तदान कार्यक्रम सम्पन्न भएको हो।
अन द रक्स ग्रुपले लगातार तीन वर्षदेखि रक्तदान कार्यक्रमको आयोजना गर्दैआएको आएको छ।
यसवर्ष भने अन द रक्स ग्रुप र लाइन्स क्लब अफ काठमाडौ जावलाखेलको सयुक्त आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो। उक्त कार्यक्रममा ७३ जनाले रक्तदान गरेका थिए।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य उदय शमशेर राणा, महाधिवेशन प्रतिनिधि मीनकृष्ण महर्जन, गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जन, उपप्रमुख मुना अधिकारी, नगर सभापति प्रदिप जोशी,अन द रक्स ग्रुप अध्यक्ष नवीन श्रेष्ठ , लाइन्स अफ काठमाडौ जावलाखेलका अध्यक्ष उत्तम कुमार खुलालको उपस्थिति रहेको थियो।
कार्यक्रममा महाधिवेशन प्रतिनिधि उमेश मेयर कायस्थले रक्तदान समेत गरेका थिए।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ