सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

चर्चित लोकदोहोरी गायिका स्मृति गौतमको “अल्लारे माया २” सार्वजनिक

प्रकाशित समय: मगलवार, ०९ : ०७ बजे श्रावण २४ गते



चर्चित लोकदोहोरी गायिका स्मृति गौतमको “अल्लारे माया २” सार्वजनिक

काठमाण्डौ, चर्चित लोकदोहोरी गायिका स्मृति गौतमको “अल्लारे माया २” बजारमा आएको छ। 

गायिका गौतमको जन्मदिनको अवसर पारेर आफैंले सञ्चालन गरेको शैलुङ रोधी घरमा एल्बम बिमोचन सार्वजनिक गरेको हो । अल्लारे माया गीतको अपार सफलतापछि "अल्लारे माया २" बजारमा ल्याएको गायिका गौतमले बताइन्। 

 

स्मृति गौतम र किरण गौतमको सुमधुर स्वर सजिएको एल्बममा शब्द संगीत किरण गौतमको रहेको छ। 

 

रोयल मुभिजको ब्यानरमा निर्माण भएको गीतको म्युजिक भिडियो निर्देशन निरेन श्रेष्ठले गरेका हुन् भने कोरिग्राफी बिशाल तामाङ्ग, छायांकन मुकेश हुमागाईं र सम्पादन राजकुमार मगरले गरेका छन् । 

 

बरिष्ठ गायिका ज्ञानु रानाको प्रमुख आतिथ्यतामा सम्पन्न विमोचन कार्यक्रमपछि गायिका गौतमको जन्मदिन उल्लासका साथ मनाइएको थियो