ललितपुर, नेपाल सितोरियो कराँतेका पूर्व खेलाडी एवं प्रशिक्षक विदुर कर्माचार्यको १३औँ पुण्य तिथिको अवसर पारेर नेपाल सितोरियो कराते डो चम्पापुर शाखा डोजोले श्रद्धाञ्जली सभाको आयोजना गर्यो।
श्रद्धान्जली सभामा राष्ट्रिय खेलकुद परिषदका सदस्य तथा नेपाल कराते महासङ्घका अध्यक्ष दावा गुरुङले स्वर्गीय कर्माचार्यको निधनले खेल क्षेत्र स्तब्ध बनेको उल्लेख गर्दै उहाँको असमायिक निधनको खबरले आफू स्तब्ध र मर्माहत भएको बताए। गुरुङले कर्माचार्यको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरे।
पूर्व खेलकुद कोषाध्यक्ष एवं नेपाली कांग्रेसका नेता मीनकृष्ण महर्जनले आफूले देश विदेशको चर्चित खेलाडी मात्र नभएर आफ्नो सहपाठी मित्र गुमाउनुपर्दा मर्माहित तुल्याएको बताए।
उनले यस दुःखद घटनामा मृत खेलाडीका अभिभावक आफन्तजन तथा शुभचिन्तकप्रति सहानुभूति व्यक्त गरे । उनले भने-कर्माचार्य एक प्रभावशाली र लोकप्रिय खेलाडी थिए । उनको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भनी श्री पशुपतिनाथसँग प्रार्थना गर्दछु।
त्यस्तै साफ च्याम्पियनसिप विजेताएवं अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले आफुलाई कराते खेल सिकाउने गुरु कर्माचार्य भएको स्मरण गर्दै उहाँलाई गुमाउनु भनेको परिवारको सदस्य गुमाउनु बराबर भएको उल्लेख गरे।
कार्यक्रममा गाेदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, उपमेयर मुना अधिकारी ,स्वर्ण पदक विजेता नविन महर्जन, राष्ट्रिय खेलाडीहरु बिशाल मान श्रेष्ठ, सागर श्रेष्ठ, बिक्रम ब. श्रेष्ठ, दयाराम महर्जन लगायतले एउटा राम्रो खेलाडी मात्र गुमाउनुपरेको नभई सामाजिक व्यक्तित्व गुमाउनुपरेको उल्लेख गरे।
पछिल्लो समय अष्ट्रेलिया बस्दै आएका खेलाडी कर्माचार्यको ब्रेनमा क्यान्सर भई यही कार्तिक १ गते निधन भएको थियो । ४३ वर्षको अल्पआयुमै निधन भएका कर्मचारीका एक श्रीमती र दुई छोरा छन्।




लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ