सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, ४ बैशाख २०८१ / Tuesday, 16 April 2024

रूकुममा मिनिबस दुर्घटना, चार घाइते



प्रकाशित समय: सोमवार, ०८ : २१ बजे बैशाख ११ गते



रूकुममा मिनिबस दुर्घटना, चार घाइते

मुसिकोट खलंगाबाट चौरजहारी नगरपालिकाको नुवाकोट जाँदै गरेको ग १ ख ४२४५ नम्बरको मिनिबस सोमबार दिउँसो दुर्घटना भएको हो । दुर्घटना परी त्रिवेणी गाउँपालिका वडा नं. १० का २६ वर्षीय दुर्गा बहादुर खड्का, मुसीकोट नगरपालिका वडा नं. ११ की ३५ वर्षीया मैना पुन, सोही गाउँकी २५ वर्षीया गिता ओली पुन र २७ वर्षिया गिता खड्का घाइते भएका छन् । घाइते मध्ये गिता ओली पुन गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी अंगुर जिसीले बताए । उनीहरुको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । बसमा १५ यात्रु सवार थिए ।