काठमाडौं, १ भदाै।नेपाली राष्ट्रिय फुटबल टिमका कार्यवाहक प्रशिक्षक प्रदिप हुमागाईं बुधबार नेपाल आईपुगेका छन् । अमेरिकामा रहेका हुमागाईं अखिल नेपाल फुटबल संघ (एन्फा) ले कार्यवाहक मुख्य प्रशिक्षक नियुक्त गरेसँगै स्वदेश फकिएका हुन् ।
हुमागाईंले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको अनपस्थितिमा ११ असोजमा हुने बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा टोली हेर्नेछन् । जसका लागि ४० खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाएका छन् ।हुमागाईंलाई आज नै एन्फा महासचिव किरण राईले नियुक्तिपत्र दिएका छन् । उनको सहायकमा युगलकिशोर राई र गोलरक्षक प्रशिक्षकमा विनोद डंगोल छन् ।
यसअघि मुख्य प्रशिक्षक अब्दुल्लाहसँग असन्तुष्ट रहेका १० खेलाडीलाई प्रशिक्षक हुमागाईंले प्रशिक्षणमा बोलाएका छन् । यसअघि टिम बाहिर रहेका सुमन लामा भने अष्ट्रेलिया पुगेका छन् । यस्तै, सन्तोष तामाङ र दर्शन गुरुङ पनि अष्ट्रेलिया छन् ।यता, यसअघि बाहिर रहेका कप्तान किरणकुमार लिम्बूसहित दिनेश राजवंशी, तेज तामाङ, अन्जन विष्ट, विमल घर्तीमगर, रोहित चन्द, विशाल राई, विशाल श्रेष्ठ र अनन्त तामाङले पुनरागमन गरेका छन् ।
यस्तै, विकेश कुथु, अभिषेक रिजाल, भरत खवास, रन्जित धिमाललाई प्रशिक्षणमा बोलाइएको छ ।हुमागाईंले पहिलो पटक राष्ट्रिय टिम हेर्न लागेका हुन् । यसअघि हुमागाईंलाई ए डिभिजन लिगमा थ्रीस्टार क्लब र पहिलो फ्रेन्चाईज नेपाल सुपर लिग (एनएसएल) मा ललितपुर सिटी एफसी हेरेको अनुभव छ । अन्तिम समय राम्रो नतिजा नआएपछि हुमागाईंलाई क्लबले बर्खास्त गरेको थियो ।
नेपाली टिमः
गोलरक्षकः किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की, विशाल श्रेष्ठ
डिफेन्डरः अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, छिरिङ गुरुङ, सुमन अर्याल, रञ्जित धिमाल, निशान खड्का, अमित तामाङ, राजन गुरुङ
मिडफिल्डरः संजोक राई, पुजन उपरकोटी, तेज तामाङ, एरिक विष्ट, सेसेहाङ आङदेम्बे, सुदिप गुरुङ, विशाल राई, मनिष डाँगी, सुरजज्यु ठकुरी, सुभाष गुरुङ, आवास लामिछाने, सुनिल बल, आयुष घलान, सुजल श्रेष्ठ, अन्जन विष्ट
फरवार्डः विमल घर्तिमगर, नवयुग श्रेष्ठ, आशिष चौधरी, ऋतिक खड्का, जर्जप्रिन्स कार्की, आशिष चापागाई, अभिषेक रिजाल, भरत खवास
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ