सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, २१ आश्विन २०८१ / Monday, 07 October 2024

चीन जोड्ने सडकको ट्रयाक खन्न सुरु

प्रकाशित समय: सोमवार, १० : ३६ बजे बैशाख ११ गते



चीन जोड्ने सडकको ट्रयाक खन्न सुरु

शाख ११, २०७४- चीनको सिमाना तिब्बतसम्म जोड्ने बेनीघाट–आरुघाट–सिर्दिबास–लार्केभज्याङ सडकको ट्रयाक खोल्न सोमबारदेखि नेपाली सेनाको टोलीले काम थालेको छ । ट्रयाक खुलिसकेको हावाडाडास्थित लापुभिरमा प्रधानसेनापति राजेन्द्र क्षेत्रीले एकैपटक एक सय बम ब्लाष्टिङ गर्दै पहरो फुटाएर कामको थालनी गरे ।

पहरामा होल खोपेर राखिएका बमहरु क्षेत्रीले विद्युतीय स्वीच थिचेर बिस्फोट गराएका थिए । चट्टान धेरै भएर सडकको ट्रयाक विस्तार गर्न नसकेपछि सरकारले सेनालाई जिम्मा दिने निर्णय गरेको हो । सडक विभागले ट्रयाक खुलाउन नसकेको ठाउँबाट लार्केभज्याङसम्म सेनाले काम गर्न लागेको छ