काठमाडौँ, ७ भदौ।नेपाली चलचित्र ‘प्रेम गीत ३’ भारतमा प्रदर्शन गरिने भएको छ । आशुसेन फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘प्रेम गीत ३’ले भारतमा प्रदर्शनका लागि तयारी थालेको हो ।
नेपाल चलचित्र निर्माता सङ्घका अनुसार नेपाली चलचित्र उद्योगको इतिहासमा नेपाली चलचित्र विदेशमा प्रदर्शन भएको तथ्याङ्क छैन । विभिन्न देशमा नेपाली चलचित्रको च्यारिटी प्रदर्शन भने हुँदै आएको छ । चलचित्र “प्रेम गीत ३” भारतका विभिन्न ठाउँमा एकसाथ प्रदर्शन हुन लागेको आशुसेन फिल्म प्रोडक्सनका प्रमूख तथा निर्माता निर्देशक सन्तोष सेनले बताउनुभयो ।
“एकसाथ भारतका धेरै ठाउँमा नेपाली चलचित्र प्रदर्शन हुनु नेपाली चलचित्र उद्योगका लागि ठूलो अवसर हो”, उहाँले भन्नुभयो । यसले नेपाली चलचित्रको बजार फराकिलो बनाउने उहाँको विश्वास छ । यसबाट नेपाली कला, संस्कृति र मौलिकताको प्रवद्र्धन पनि हुनेछ ।
चलचित्र ‘प्रेम गीत ३’ हिन्दी भाषामा पनि प्रदर्शन हुने भएको छ । नेपाली र हिन्दी भाषामा निर्माण गरिएको सो चलचित्रलाई भारतमा हिन्दी भाषामा र नेपालमा नेपाली र हिन्दी दुवै भाषामा प्रदर्शन गर्न लागिएको हो । चलचित्रमा गीत पनि हिन्दी भाषामा निर्माण गरिएका छन् । नेपाली चलचित्र उद्योगका लागि “प्रेम गीत ३” विदेशी बजारमा कोसेढुङ्गा सावित हुने चलचित्रका अभिनेता प्रदीप खड्काले बताउनुभयो ।
चलचित्रमा खड्कासँगै क्रिष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, अनुभव रेग्मी, योगीशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय रहेको छ । साङ्गीतिक प्रेम कथामा निर्माण भएको “प्रेम गीत ३” “प्रेम गीत” चलचित्रको निरन्तर सिरिज हो । आगामी असोज ७ गतेदेखि चलचित्र नेपाल र भारतमा एकसाथ प्रदर्शन गरिने छ । सेनसँगै छेतेन गुरुङ पनि सो चलचित्रका निर्देशक हनुहुन्छु ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ