काठमाडौं। गायक निक्सन लोहनी र गायिका प्रविशा अधिकारीको युगल स्वरमा रहेको ‘मायाले बाँधेर त हेर’ बोलको रोमान्टिक म्युजिक भिडियो सार्वजनिक भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको गीतमा दीलिप समनको शब्द रचना तथा संगीत रहेको छ । शैलेन्द्रमान प्रधान बाबु गीतका एरेञ्जर हुन् ।
पोखरामा छायांकन भएको गीतको भिडियोमा अभिनेत्री तथा मोडल अनु शाहको जोडी सुनिल न्यौपानेसँग बाँधिएको छ । गीतले उनीहरुको प्रेमभाव बोल्छ । भिडियोमा उनीहरुको केमेस्ट्री सुहाएको देखिन्छ । कार्यक्रममा मोडल शाहले गायिका प्रविशाको स्वर सुनेरै आफू गीतमा काम गर्न तयार भएको बताइन् । उनले छायांकनको क्रममा निकै रमाइलो भएको अनुभव पनि साटिन् ।
दीलिप समनको निर्देशनमा तयार भएको गीतको भिडियोमा फराज अर्पणको सम्पादन र कलर छ भने उनले नै छायांकन गरेका हुन् । निर्देशक समनले गीतको भावलाई मर्न नदिने गरी भिडियो तयार गरेको बताए । युवापुस्तालाई गीतको शब्द र भिडियोका प्रेमिल दृश्यहरुले मन छुने विश्वास व्यक्त गरे ।
त्यस्तै, गायिका प्रविशाले गीतलाई भिडियोले न्याय गरेकोमा खुसी व्यक्त गरिन् । उनले अनु शाहको आफू ठूलो फ्यान रहेको पनि बताइन् । गीत सार्वजनिक कार्यक्रममा वरिष्ठ संगीतकार राजु सिंह, गायक यम बराललगायतको उपस्थिति रहेको थियो । उनीहरुले गीतको सफलताको शुभकामना व्यक्त गरे ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ