काठमाडौं, ८ भदौ।धौलागिरि लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयरको बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेडको कार्यालयमा बुधबार सेयर बाँडफाँट भएको हो ।
बिक्री प्रबन्धक कार्यालयका अनुसार सेयर खरिदका लागि आवेदन दिएकामध्ये ३० हजार नौ सय २९ आवेदकलाई १० कित्ताका दरले गोलाप्रथामार्फत सेयर बाँडफाँट गरिएको छ । त्यस्तै उल्लेखित निष्कासित सेयरमा बाँडफाँटबाट बाँकी पाँच कित्ता सेयर गोलाप्रथाबाट थप पाँचजनालाई एकएक कित्ताका दरले बाँडिएको कम्पनीले जनाएको छ ।
कम्पनीले गत २४ देखि २९ साउनसम्म निष्कासन गरेको आइपिओमा कूल १८ लाख ६४ हजार छ सय ४० योग्य आवेदकबाट दुई करोड चार लाख ७५ हजार नौ सय ८० कित्ता सेयर खरिदका लागि आवेदन परेको थियो । कूल आवेदकमध्ये एक हजार दुई सय ८६ को १४ हजार एक सय ४० कित्ता सेयर खरिदको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जनाएको छ ।
कम्पनीले आफ्नो कूल जारी पुँजी (१० लाख ३१ हजार कित्ता सेयर)को पाँच हजार एक सय ५५ कित्ता सेयर कर्मचारीलाई र १६ हजार पाँच सय ५० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी तीन लाख नौ हजार दुई सय ९५ कित्ता सेयर खरिदका लागि सर्वसाधारणलाई आह्वान गरेको थियो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ