सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

पहिलो टी-२० अन्तर्राष्‍ट्रिय खेलमा आज नेपाल र केन्या भिड्दै

प्रकाशित समय: बिहिवार, ०९ : ५० बजे भदौ ९ गते



पहिलो टी-२० अन्तर्राष्‍ट्रिय खेलमा आज नेपाल र केन्या भिड्दै

काठमाडौं।केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोलीसँग पहिलो टी–ट्वान्टी अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्न लागेको छ ।

 

नेपालले नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्यासँग खेल्ने भएको छ । केन्या र नेपालबीचको खेल नेपाली समय अनुसार अपरान्ह ३ ः ४५ मा सुरु हुनेछ । पाँच खेलको टी–ट्वान्टी सिरिजका लागि केन्या पुगेको नेपाली टोली आज जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्न चाहन्छ भने केन्या पनि सिरिजमा सुखद सुरुवात गर्न चाहन्छ । पाँच खेलको सिरिज अन्तर्गत दोस्रो टी–ट्वान्टी भोलि हुनेछ ।

 

टी–ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ । पहिलो एकदिवसीय खेल भदौ १७ गते हुनेछ ।