गणेशमानसिंह अस्पतालले विश्व मधुमेह दिवसको अवसर पारेर ऐतिहासिक जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०४ औं जन्मजयन्ती भव्यरुपमा मनाएको छ।
बिहान अस्पताल परिसरबाट लगनखेल सातदोबाटो हुँदै पुनः अस्पतालसम्म प्रभातफेरीसहित गरिएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अस्पताल परिसरमा रहेको लौह पुरुष गणेशमान सिंहको स्तम्भमा माल्यार्पण गरी कार्यक्रम उद्घाटन गरेका थिए।
कार्यक्रममा अस्पतालको संरक्षकसमेत रहेका नेकाका पूर्वमहामन्त्री प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्वर्गीय सिंहको महत्वपूर्ण भूमिका रहेको बताए। स्वर्गीय सिंह संघर्षशिल, त्यागी, लौहपुरुष, प्रजातान्त्रिक आन्दोलनलाई सहज ढंगले नेतृत्व गर्न सक्ने नेता रहेको बताए।
गणेशमान सिंहका पुत्र समेत रहेका नेता सिंहले आफ्नो पिताका नाममा अस्पताल स्थापना गरेर गरिब तथा असहायको सेवामा समर्पित भएकोमा अस्पताल सञ्चालक प्रति आभार व्यक्त गरे। ब्रेन ह्याम्रेज भएका व्यक्तिको मृगौला निकाली सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गर्न सफल भएकोमा अस्पताल तथा डाक्टरहरुलाई बधाइ समेत दिए।
पूर्वअर्थ राज्यमन्त्री उदयशम्शेर राणाले कांग्रेस सरकारमा हुँदा ल्याएको स्वास्थ्य नीति अहिलेको सरकारले लागू नगर्दा दुरदराजमा रहेका गरीब असहायले स्वास्थ्य सेवाबाट बञ्चित हुनुपरेको बताए। उनले अस्पतालले विभिन्न समयमा ग्रामिण भेगमा गएर गरेको स्वास्थ्य शिविर प्रति खुलेर प्रशंसा गरे। उनले सरकारले स्वास्थ्य बिमाको कार्यक्रमलाई लागु नगरेसम्म ठूला प्रकृतिका रोग लागेका विरामीलाई सरकारले उपचारको व्यवस्था गर्नुपर्ने बताए।
कार्यक्रममा अस्पतालका सेवा र अस्पतालको बारेमा बोल्दै कार्यकारी प्रमुख डा.मिलन गुरुङले सर्वसुलभ र गुणस्तरीय सेवा, आर्थिक अवस्था कमजोर भएका विपन्न वर्गका नागरिकहरूलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा प्रदान गर्ने यस अस्पतालको धेय रहेको बताए।
अन्तर्राष्ट्रिय मधुमेह दिवसको अवसरमा गरिएको कार्यक्रममा डाक्टर नारायण थापाले मधुमेह रोगको रोकथाम र उपचारका विषयमा प्रकाश पारे।
कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले नगर भित्र रहेको यस अस्पतालले यहाँका विपन्न वर्गका लागि लक्षित गरेर अस्पतालले गरेको सेवा प्रति खुशी ब्यक्त गर्दै यस अस्पतालसँग सहकार्य गरेर अघि बढ्न महानगर तयार रहेको बताए।
तत्कालिन शुभतारा अस्पतालका संस्थापक अध्यक्ष समेत रहेका सञ्चालक ऋषिराम घिमिरेले कार्यक्रममा उपस्थित प्रमुख अतिथि अथितिहरुलाई स्वागत गर्दै असहाय विपन्न र दुखी भएकाहरुलाई यस अस्पतालले सेवा दिएर उपचार गर्न पाउदा खुसी भएको बताए। उनले आउदा दिनहरुमा पनि यस अस्पतालले गुणस्तरीय र सर्वसुलभ सेवा दिन अस्पताल तत्पर रहेको बताए।
अस्पतालका अध्यक्ष दीपकप्रसाद बास्कोटाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका नेता महासमिति सदस्य मीनकृष्ण महर्जन, ललितपुर महानगर उपमेयर गीता सत्याल, बागमती गाउँपालिकाका प्रमुख वीरबहादुर लोप्चन, लगायतको उपस्थिति रहेको थियो।
हस्पिटल परिसरमा भएको कार्यक्रममा कार्यक्रमको सञ्चालन नेपाल शिक्षक सङ्घका केन्द्रीय अध्यक्षसमेत रहेका संचालक राजेन्द्रराज पौडेलले गरेका थिए।
१०० शैयाको यस अस्पताल शुभतारा अस्पतालको नामले २०६८ साल चैत २८ गते स्थापना भइ २०७१ श्रावण १२ गते गणेशमानसिंह अस्पतालका नाममा सञ्चालन सुरु भएको थियो।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ