काठमाडौं, १६ भदौ ।सेयर बजार बिहीबार सामान्य ओरालो लागेको छ । बुधवार करिब २२ अंकले घटेको सेयर बजार परिसूचक नेप्से बिहीबार १.०८ अंकले घटेर १९७२.२९ विन्दुमा झरेको छ ।
बैंकिङ, व्यापार, उत्पादन, अन्य, म्युचल फन्ड र लगानी समूहको सेयर सामान्य घटेको छ । अरू समूहको सेयर सामान्य बढेको छ । यस्तै २२५ वटा कम्पनीको ३९ लाख ५५ हजार ८८६ कित्ता सेयर १ अर्ब ३८ करोड ३४ लाख २ हजार १६२ रुपैयाँमा कारोबार भएको छ ।
सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १२ करोड २७ लाख रुपैयाँको सेयर किनबेच भयो । राप्ति हाइड्रो र गणपति लघुवित्तको सेयर ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।समग्रमा बजार घटे पनि सबैभन्दा धेरै हिमालयन एभरेस्ट इन्स्योरेन्सको सेयर १० प्रतिशतले बढेको छ । नेपाल टेलिकमको सबैभन्दा बढी कारोबार भएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ