सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

थप २६९ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

प्रकाशित समय: बिहिवार, ०५ : १७ बजे भदौ १६ गते



थप २६९ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

काठमाडौं, १६ भदौ।नेपालमा थप २ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

देशभर गरिएको १ हजार ७ सय ३२ पिसिआर परिक्षणका क्रममा १ सय ८० जना र १ हजार ८ सय २५ एन्टीजेन परिक्षणका क्रममा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ भने थप २ सय १५ जना निको भएका छन् ।

 

हाल नेपालमा ३ हजार १ सय ५८ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।