सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

थप २ सय ६ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

प्रकाशित समय: शुक्रवार, ०५ : १२ बजे भदौ १७ गते



थप २ सय ६ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

काठमाडौं, १७ भदौ।नेपालमा थप २ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

देशभर गरिएको १ हजार ५ सय ९५ पिसिआर परिक्षणका क्रममा १ सय ३४ जना र १ हजार २ सय ७४ एन्टीजेन परिक्षणका क्रममा ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालका कोरोनाका कारण १२ हजार ५ जनाको मृत्यु भइसकेको छ । त्यस्तै थप ३ सय ९८ संक्रमित निको भएका छन् ।

 

हाल नेपालमा २ हजार ८ सय ९१ सक्रिय संक्रमित आइशोलेनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।