सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १८ असार २०७९ / Saturday, 02 July 2022

१५ करोडको जग्गा कीर्तेमा माओवादी नेतादेखि पत्रकारसम्म



प्रकाशित समय: सोमवार, १० : ५७ बजे बैशाख ११ गते



१५ करोडको जग्गा कीर्तेमा माओवादी नेतादेखि पत्रकारसम्म

वैशाख ११, २०७४- झापा शनिश्चरेका जीवन विष्टको नाममा रहेको १५ करोड मूल्यको जग्गा कीर्ते गरी हडप्ने काममा माओवादी नेतादेखि पत्रकारसम्मको संलग्नता प्रहरीले पुष्टी गरेको छ ।

घटनामा संलग्नहरुलाई सार्वजनिक गर्न सोमबार भद्रपुरमा आयोजित पत्रकार सम्मेलनमा एसपी शैलेस थापाले भने, ‘घटनामा समाजका प्रतिष्ठित व्यक्तिहरुको संलग्नता देखिन्छ ।’

जग्गा किर्ते काण्डका मुख्य सूत्रधार टेलिभिजन पत्रकार पुजन  घिमिरे रहेको प्रहरीको दाबी छ । 

घिमिरेकै योजनामा विष्टको नामको

अनारमनी–४ मा रहेको कित्ता नम्बर १६९ र १७०  को करिब ५ कठ्ठा १६ धुर जग्गा कीर्ते गरि हडप्न खोजिएको पाइएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी थापाले बताए ।