सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

थप २२१ जनामा कोरोना संक्रमण पुष्टि, २ सय ६ संक्रमित निको

प्रकाशित समय: सोमवार, ०५ : २९ बजे भदौ २० गते



थप २२१ जनामा कोरोना संक्रमण पुष्टि, २ सय ६ संक्रमित निको

काठमाडौं, २० भदौ।नेपालमा थप २ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

देशभर गरिएको १ हजार ५ सय १९ पिसिआर परिक्षणका क्रममा १ सय २२ जना र २ हजार ५ सय ३९ एन्टीजेन परिक्षणका क्रममा ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण सोमबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप २ सय ६ संक्रमित निको भएका छन् ।

 

हाल नेपालमा २ हजार ४ सय ४४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।