काठमाडौं, २२ भदौ।सेयर बजार बुधवार पनि ओरालो लागेको छ । सेयर बजार परिसूचक नेप्से बुधबार ११ दशमलव ९७ अंकले घटेर एक हजार ९३९ दशमलव ८८ विन्दुमा झरेको छ । नेप्से दिनदिनै राताम्मे हुँदा कारोबार रकममा पनि निकै कमी आएको छ ।
बुधबार म्युचल फन्डबाहेक अरू सबै समूहको सेयर घटेको छ । २२४ वटा कम्पनीको २९ लाख ४३ हजार कित्ता सेयर ८२ करोड ६२ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको पाँच करोड १५ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
त्यस्तै, प्राइम डिबेन्चरको सेयर झन्डै ६ प्रतिशत र उन्नति सहकार्य लघुवित्तको शेयर पाँच प्रतिशतले घटेको छ ।समग्रमा बजार राताम्मे हुँदा पनि सनराइज म्युचल फन्डको सेयर साढे सात प्रतिशत र अपर हेवाखोला जलविद्युत् कम्पनीको सेयर झन्डै साढे ६ प्रतिशतले बढेको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ