सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

राखेपका पूर्वकोषाध्यक्ष मीनकृष्ण महर्जनको नेतृत्वमा खेलाडीहरू इन्डोनेसिया प्रस्थान

प्रकाशित समय: मगलवार, १२ : ०७ बजे मंसिर ४ गते



राखेपका पूर्वकोषाध्यक्ष मीनकृष्ण महर्जनको नेतृत्वमा खेलाडीहरू इन्डोनेसिया प्रस्थान

ललितपुर, इन्डोनेसियाको जाकर्तामा २१ नोभेम्बर देखि २५ नोभेम्बर सम्म हुने पन्ध्रौ एसियन प्यासिफिक सितोरियो कराते च्याम्पियनसिप खेलमा भाग लिन कराँतेका अन्तर्राष्ट्रिय रेफ्री तथा राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष मीनकृष्ण महर्जनको नेतृत्वमा खेलाडी टोली आज त्यस तर्फ प्रस्थान गरेका छन्।

 

महर्जन संगै देशैभरिबाट प्रशिक्षक रेफ्री खेलाडीसहित ६५ जनाको टोली जाकर्ता प्रस्थान गरेका हुन्। जाकर्तामा हुने एसियन कांग्रेसको बैठकमा नेपालको तर्फबाट नेतृत्वसमेत पूर्वकोषाध्यक्ष महर्जनले गर्नेछन्।

 

खेलाडी तथा प्रशिक्षकहरु नारायणदेव राणा, विनोद महर्जन, रवि महर्जन, गंगाराम महर्जन, सुनन्द महर्जन, सागर श्रेष्ठ, महेश महर्जन राजेश जोशीलगायत खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमल्सिना र प्रमुख प्रशिक्षक शोभित राज प्रसाईले संयुक्तरुपमा बिदाई गरेका थिए।

 

 

 

बिदाई कार्यक्रम हुनुअगाडि कराते महासङ्घका वरिष्ठ उपाध्यक्ष तथा राखेप पूर्व कोषाध्यक्ष मीनकृष्ण महर्जन सहित प्रशिक्षक खेलाडीहरुले राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्ष बनेकोमा राखेपका उपाध्यक्ष पिताम्बर तिमल्सिनालाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

 

टोली नोभेम्बर २९ मा नेपाल फर्कने छ।