सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

थप २२७ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

प्रकाशित समय: बिहिवार, ०४ : १९ बजे भदौ २३ गते



थप २२७ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

काठमाडौं, २३ भदौ।नेपालमा थप २ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

देशभर गरिएको १ हजार ५ सय १८ पिसिआर परिक्षणका क्रममा १ सय ३७ जना र २ हजार ८ सय ८३ एन्टीजेन परिक्षणका क्रममा ९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ सय ६८ संक्रमित निको भएका छन् । हाल नेपालमा २ हजार ४ सय ७३ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।