काठमाडौँ, ५ मङ्सिर छैटौं प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताअन्तर्गत आज भएको उद्घाटन खेलमा प्रदेश नं ७ विजयी भएको छ । भद्रकालीस्थित आर्मी हेडक्वाटरको खेल मैदानमा भएको खेलमा प्रदेश नं ७ ले प्रदेश नं १ लाई एकका बिरुद्ध दुई गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।
प्रदेश ७ को जितमा निलम सिंहले गोल गरिन् । उनले खेलको पहिलो हाफको ४१ औँ मिनेटमा गोल गर्दै पहिलो अग्रता लिइन् । त्यस्तै प्रदेश नं १ की खेलाडी इमा राईले खेलको ८१ आँै मिनेटमा एक गोल फर्काउँदै खेललाई एक÷एक गोलको बराबरीमा ल्याइन् । तर त्यो एक÷एक गोलको बराबरी लामो समयसम्म टिक्न सकेन । प्रदेश ७ की अर्की खेलाडी अस्मीता चौधरीले खेलको ८७ औँ मिनेटमा एक गोल थपेपछि प्रदेश ७ को जित सुनिश्चित भयो ।
विभिन्न १२ टोलीले सहभागिता जनाएको उक्त प्रतियोगिताको उद्घाटन प्रधानसेनापति पूर्णचन्द्र थापाले गर्नुभयो । प्रतियोगिता तीन विभागीय टोलीसहित भारतका दुई टोली विहार र सिक्किम तथा सात प्रदेशको सहभागिता रहेको छ । जसलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ए मा त्रिभुवन आर्मी क्लब, प्रदेश नं १, प्रदेश नं ७, प्रदेश नं ५, प्रदेश नं २ र भारतको विहार टोली छन् । त्यस्तै समूह बी मा सशस्त्र प्रहरी बल (एपिएफ), नेपाल प्रहरी क्लब, प्रदेश नं ४, प्रदेश नं ३, प्रदेश नं ६ र भारतको सिक्किम छन् ।
प्रतियोगितामा विजेता टोलीले रु तीन लाख पाउनेछन् भने उपविजेताले रु एक लाख ५० हजार प्राप्त गर्नेछन् । त्यसैगरी सेमिफाइनलमा पुग्ने दुई टोलीले जनही रु ५० हजार पाउनेछन् । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने एक जना खेलाडीलाई एक थान स्कुटर प्रदान गरिनेछ ।
भोलि समूह ए बाट प्रदेश नं ५ र प्रदेश नं २ भिड्नेछन् भने समूह बीबाट सशस्त्र प्रहरी बल (एपिएफ) र प्रदेश नं ४ बीच खेल हुनेछ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ