सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

थप १७९ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

प्रकाशित समय: सोमवार, ०४ : ४० बजे भदौ २७ गते



थप १७९ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

काठमाडौं, २७ भदौ।नेपालमा थप १ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

देशभर गरिएको २ हजार ६ सय पिसिआर परिक्षणका क्रममा १ सय २७ जना र २ हजार ३ सय ५९ एन्टीजेन परिक्षणका क्रममा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

त्यस्तै थप १ सय ७१ जना निको भएका छन् । हाल नेपालमा २ हजार २ सय ७१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।