काठमाडौं, २९ भदौ।नेपाल यू-२० पुरुष राष्ट्रिय टोलीका प्रशिक्षक मेघराज केसीले एएएफसी एसियन कप छनोट हुने सम्भावना न्यून रहेको बताएका छन् । प्रतियोगिताको तेस्रो खेलमा नेपालले आज बहराइनको सामना गर्दैछ ।
प्रशिक्षक केसीले भने, ‘छनोट हुने सम्भावना न्यून छ । किनभने, समूह विजेता र उत्कृष्ट उपविजेता दुवै बन्न हामीलाई गाह्रो छ । हामीले दुई खेल हारिसकेका छौं,’ केसीले भने ।पहिलो खेलमा नेपाल भुटानसँग २-१ ले पराजित हुँदा दोस्रो खेलमा कतारसँग ३-१ ले हारेको थियो । दुई खेल खेलेका बंगलादेश ४ अंकसहित शीर्षस्थानमा छ । एक खेल खेलेको कतार र दुई खेल खेलेको भुटानको समान तीन अंक छ । यस्तै, बहराइनको १ अंक रहँदा बिना अंक नेपाल पुछारमा छ ।
बहराइनविरुद्ध उत्कृष्ट खेल हेर्न पाउनेमा केसी आशावादी देखिए । यस्तै, केसीले अघिल्ला खेलपछि टिम पूर्ण तयारी नभएको बताए । ‘आज नेपाली टिमको सतप्रतिशत खेल हेर्न पाइन्छ । पहिलो खेलमा शारीरिक रूपमा पूर्ण तयार थिएनौं । कतारको स्तर धेरै माथिको थियो । त्यसैले आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य छ,’ केसीले भने ।
आयुष घलानको कप्तानीमा रहेको नेपाली टिम विगत सात दिनयता बहराइनमा छ । प्रतियोगिताको अघिल्लो दिन मात्रै बहराइन पुगेको थियो । प्रशिक्षक केसीले बहराइनको वातावरणमा घुलमिल भएको र राम्रो प्रदर्शन गर्ने लक्ष्य राखेको बताए ।
‘हाम्रा खेलाडी यहाँको समय र वातावरणसँग घुलमिल भइसकेका छन् । त्यसैले राम्रो प्रदर्शन गर्ने हाम्रो लक्ष्य हो । एसियन कपमा छनोट हुनेभन्दा पनि राम्रो प्रदर्शन गर्ने लक्ष्य राख्छौं,’ उनले भने ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ