सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

थप ११९ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित समय: बुधवार, ०५ : ०७ बजे भदौ २९ गते



थप ११९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २९ भदौ ।नेपालमा थप १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

देशभर गरिएको १ हजार ९ सय ५५ पिसिआर परिक्षणका क्रममा ८९ जना र २ हजार १ सय २९ एन्टीजेन परिक्षणका क्रममा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण बुधबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ सय ३० संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा २ हजार १ सय ९१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।