सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

थप ११० जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

प्रकाशित समय: शुक्रवार, ०४ : २५ बजे भदौ ३१ गते



थप ११० जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

काठमाडौं, ३१ भदौ।नेपालमा थप १ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

देशभर गरिएको १ हजार ७ सय ५२ पिसिआर परिक्षणका क्रममा ६० जना र २ हजार ७५ एन्टीजेन परिक्षणका क्रममा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ सय २६ संक्रमित कोरोनामुक्त भएका छन् ।

 

हाल नेपालमा २ हजार ६२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।