सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

युनाइटेड तेक्वान्दो डोजाङको ग्रेडिङ तथा स्पाइरिङ कार्यक्रम सम्पन्न

प्रकाशित समय: आइतवार, ०७ : ३६ बजे मंसिर ९ गते



युनाइटेड तेक्वान्दो डोजाङको ग्रेडिङ तथा स्पाइरिङ कार्यक्रम सम्पन्न

सिन्धुपाल्चोक, मंसिर ९, युनाइटेड तेक्वान्दो डोजाङले ग्रेडिङ तथा स्पाइरिङ कार्यक्रम सम्पन्न गरेको छ। ग्रेडिङ तथा स्पाइरिङ कार्यक्रममा डोजाङका प्रशिक्षार्थी राजकुमार तामाङ र पुर्ण तामाङ ले त्रिपाल बेल्ट प्राप्त गरेको डोजाङका प्रशिक्षक बिक्रम तामाङले बताउनुभयो ।

 

कार्यक्रममा १७ जना प्रशिक्षार्थी ग्रेडिङ तथा स्पाइरिङ सहभागी भएका थिए । कार्यक्रममा डबल बेल्ट भने सुवर्ण तामाङ, पुरण खत्री र शुष्मा तामाङले प्राप्त गनुभएको छ । बिगत ९ महिना यता डोजाङले तेक्वान्दो प्रशिक्षण दिदै आएकोमा तेस्रो पटक ग्रेडिङ वृद्धि तथा स्पाइरिङ कार्यक्रम गरेको हो ।

 

इन्द्रावती गाउँपालिका वडा न ४ का वडाध्यक्ष जगतमन ताल्चाभडेलको प्रमुख अतित्थ्यमा नवलपुरमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा विशेष अतिथी इन्द्रावती गाउँपालिका वडा न १ का वडाध्यक्ष श्री लामा,ईलाका प्रहरी कार्यलय नवलपुरका प्रहरी उपनिरीक्षक शिबराज क्षेत्री ,जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रेम भण्डारी लगायतको उपस्थित रहेको थियो।

 

साथै अब हुने जिल्लास्तरीय तेक्वान्दो खेल पनि छिट्टै नवलपुरमा सन्चालन गर्ने डोजाङका प्रशिक्षकको भनाई उद्धृत गर्दै पत्रकार फुलमान तामाङले खवर पठाउनुभएको छ ।