सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

थप ५९ जनामा कोरोना संक्रमण पुष्टि, १६१ संक्रमित कोरोनामुक्त

प्रकाशित समय: आइतवार, ०५ : ५१ बजे आश्विन २ गते



थप ५९ जनामा कोरोना संक्रमण पुष्टि, १६१ संक्रमित कोरोनामुक्त

काठमाडौं।नेपालमा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

देशभर गरिएको १ हजार ७ सय ५३ पिसिआर परिक्षणका क्रममा २५ जना र १ हजार १ सय २९ एन्टीजेन परिक्षणका क्रममा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण आइतबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ सय ६१ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा १ हजार ८ सय ३० सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।