सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, ४ आश्विन २०८० / Thursday, 21 September 2023

काठमाडौंको मेयरमा २१ वर्षे रञ्जुको उम्मेदवारी



प्रकाशित समय: सोमवार, ११ : २३ बजे बैशाख ११ गते



काठमाडौंको मेयरमा २१ वर्षे रञ्जुको उम्मेदवारी

काठमाडौं— विवेकशील नेपाली दलले काठमाडौं महानगरपालिकाको मेयरमा २१ वर्षे रन्जु दर्शनालाई उम्मेदवार बनाउने भएको छ। बन्दविरोधी अभियानमा संलग्न, भूकम्पपछिको राहत तथा उद्धारमा सक्रिय एवं  ड.गोविन्द केसीको सत्याग्रहमा सहयोगी रहको भन्दै पार्टीले उनलाई मेयर उम्मेदवारमा छनौट गरेको हो।

 

२०७२ को भूकम्पपछिको राहत तथा उद्धारमा संलग्न रन्जु २०७२ मंसिरसम्म आठ महिना विवेकशील नेपाली दलको काठमाडौँ जिल्ला कार्यसमितिमा कार्यपालिका प्रमुखको रुपमा पनि सक्रिय थिइन्। रन्जु विवेकशील नेपाली दलको २०७२ मंसिरमा भएको प्रथम महाधिवेशन केन्द्रीय सदस्य चुनिएकी थिइन्।

उनले डा.गोविन्द केसीको सत्याग्रमा विवेकशीलको तर्फबाट नेतृत्वदायी भूमिका निर्वाह गरेको पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। रन्जु हाल विकास अध्ययनमा स्नातक तहकी विद्यार्थी हुन्।