सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

साफ महिला च्याम्पियनसिपः नेपालमाथि बंगलादेशको गोल

प्रकाशित समय: सोमवार, ०५ : ४१ बजे आश्विन ३ गते



साफ महिला च्याम्पियनसिपः नेपालमाथि बंगलादेशको गोल

काठमाडों । साफ महिला च्याम्पियनसनसिपको फाइनल खेलमा बंगलादेशले नेपालविरुद्ध अग्रता लिएको छ ।

 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा बंगलादेशले सुरुआती अग्रता बनाएको छ । खेलको १३ औं मिनेटमा शामसुनाहरले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी हुन् ।महिला साफको १२ वर्षे इतिहासमा नेपाल र बंगलादेश पहिलो पटक फाइनलमा प्रतिस्पर्धा गरिरहेको हो । यस अघि दुई टोलीबीच समूह चरणमा मात्र प्रतिस्पर्धा हुँदै आएको थियो।

 

महिला साफले सोमबार नयाँ च्याम्पियन टोली समेत पाउनेछ । यस खेलमा जुन टोलीले उपाधि जितेपनि अर्को इतिहास बन्नेछ । किनकि त्यो टोली साफको नयाँ च्याम्पियन टोली बन्नेछ ।