सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

थप ९१ जनामा कोरोना संक्रमण पुष्टि, १६५ संक्रमित कोरोनामुक्त

प्रकाशित समय: सोमवार, ०६ : २७ बजे आश्विन ३ गते



थप ९१ जनामा कोरोना संक्रमण पुष्टि, १६५ संक्रमित कोरोनामुक्त

काठमाडौं।नेपालमा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

देशभर गरिएको २ हजार ४ सय ८८ पिसिआर परिक्षणका क्रममा ७५ जना जना र १ हजार ४ सय ३६ एन्टीजेन परिक्षणका क्रममा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरानोका कारण सोमबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ सय ६५ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा १ हजार ७ सय ४० सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।