सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

इन्डोनेसियामा नेपालले दुई स्वर्ण सहित ५ पदक जित्न सफल

प्रकाशित समय: आइतवार, ०८ : २६ बजे मंसिर ९ गते



इन्डोनेसियामा नेपालले दुई स्वर्ण सहित ५ पदक जित्न सफल

इन्डोनेसियाको जाकर्तामा भएको १५औं एसियन प्यासिफिक सितोरियो कराते च्याम्पियनसिप खेलमा नेपालले दुई स्वर्ण सहित ५ पदक जित्न सफल भएको छ।

 

जाकर्तामा २१ नोभेम्बर देखि २५ नोभेम्बरसम्म भएको खेलमा ५५ केजी तौल समूह तर्फ नेपालका विजय श्रेष्ठले स्वर्ण पदक हात पारे।

 

पहिलो दिनमा खेलाडी गणेश बहादुर थिङले कातातर्फ विजय हासिल गरी स्वर्ण पदक हात पारेका थिए।

 

करातेका अन्तर्राष्ट्रिय रेफ्री तथा राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष मीनकृष्ण महर्जनले अनिश लामा, दिगम्बर पन्त र पर्शुराम बास्तोलाले कास्य पदक जित्न सफल भएको बताए।

 

खेलाडी टोलीको नेतृत्व गर्दै जाकर्ता गएका महर्जनले खेलाडी टोली मंसिर १३ गते नेपाल फर्कने जानकारी दिए।

 

राखेपका पूर्वकोषाध्यक्ष मीनकृष्ण महर्जनको नेतृत्वमा खेलाडीहरू इन्डोनेसिया प्रस्थान