सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

इन्डोनेसियामा सम्पन्न छैठौ एसियाली गोजुरियो करातेमा नेपाललाई चार स्वर्ण

प्रकाशित समय: सोमवार, ०६ : २९ बजे मंसिर १० गते



इन्डोनेसियामा सम्पन्न छैठौ एसियाली गोजुरियो करातेमा नेपाललाई चार स्वर्ण

इन्डोनेसियामा सम्पन्न छैठौ एसियाली गोजुरियो कराते च्याम्पियनसीपमा नेपालले चार स्वर्ण पदक हात पारेको छ ।१४ बर्षिय चिरायु रिजालले क्याडेट कातामा स्वर्ण पदक तथा कुमुतेमा काश्य पदक जिते । जुनियर कातामा पनि स्वर्ण तथा कुमुतेमा रजत जिते ।

 

सिन्धुपाल्चोककी १६ बर्षिया करिना पुरीले पनि जुनियर तर्फ स्वर्ण पदक जितिन् । अमित थापाले ८४ किलो भन्दा माथि स्वर्ण पदक जिते । १२ बर्षिय विधान अधीकारीले रजत तथा जुनियरमा काश्य पदक जिते ।

 

१४ बर्षिया सञ्जु नगरकोटीले कुमुतेमा रजत पदक जितिन् । सुजन कुमार पुरीले जुनियरमा रजत तथा क्याडेट ५२ किलोमा काश्य पदक जिते । राम कुमार गीरीले ५५ किलोमा रजत पदक जिते । प्रनिस कुमार सिंहले ५३ किलोमा रजत पदक जिते ।

 

डम्बर बहादुर शाहीले ८४ किलोमा, दिलिप पुनले ५० किलोमा, विमल थापाले ५५ किलोमा तथा फुर्साङ वाइवाले ६७ किलोमा काश्य पदक जिते ।